लहानको नेपाल साइकल स्टोर्समा भिषण आगलगी, लाखौंको क्षति


जयनाथ यादव, लहान । सिरहाको लहान नगरपालिका ३ स्थित सुनिल कुमार अग्रवालले संचालन गरेको नेपाल साइकल स्टोर्समा भिषण आगलगी भएको छ ।

आगलगी नियन्त्रणमा लिन लहान नगरपालिकाको बारुणयन्त्र, स्थानीयबासी र प्रहरी प्रयासरत छन् । आगो लागेको भवनबाट साइकल र अन्य समानहरु सुरक्षित स्थानमा सारिदैछ ।

फोन गरेको आधा घण्टापछि बारुणयन्त्र पुगेको स्थानीयको गुनासो छ । स्थानीय जयनाथ यादवका अनुसार आगो कसरी लागेको कुरा खुल्न सकेको छैन् ।

प्रकाशित : 3 December 2023 2:01 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ