सर्लाही । लालबन्दीमा कक्षा १२ मा पढ्दै गरेकी १६ वर्षीया एक किशोरीको शव फेला परेको छ ।
लालबन्दी १६ परवानीपुर निवासी ज्ञानबहादुर थापाकी १६ वर्षीया छोरी अन्जली शुक्रबार बिहान आफ्नै कोठामा मृत भेटिएकी हुन् । उनले आत्महत्या गरेको आशंका गरिएको छ ।
‘उनी आफ्नै कोठामा सलको पासोमा झुन्डिएको खबर आएपछि हामी घटनास्थलमा पुगेका थियौँ,’ इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक ९इन्सपेक्टर० हरिवोल केसीले भने, ‘शव अहिले हाम्रो कार्यालयमा ल्याइएको छ । अब पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल मलंगवा पठाउँछौँ ।’
प्रहरीका अनुसार किशोरीकी आमाले छोरीलाई पासोमा देखेपछि त्यसलाई खोलेकी थिइन् । ‘त्यसपछि हामीलाई खबर भएको हो,’ केसीले भने, ‘हामीले घटनाको थप अनुसन्धान सुरु गरेका छौँ ।’
अन्जली लालबन्दीस्थित जनज्योती माविकी विद्यार्थी हुन् । उनले कक्षा १२ मा पढ्दै आएकी थिइन् । उनले आत्महत्या गर्नुको कारण भने नखुलेको प्रहरीले जनाएको छ ।