काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष जीबी भन्ने गितेन्द्रबाबु राईविरुद्ध डिफ्युजन नोटिस जारी भएको छ ।
सहकारी ठगीको मुद्दामा राईविरुद्ध शुक्रबार इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीले राईविरुद्ध डिफ्युजन नोटिस जारी गर्न पुस ५ गते नै प्रहरी प्रधान कार्यालयमा पत्राचार गरेको थियो ।
सोही पत्रअनुसार इन्टरपोलको नेपाल शाखा नेसनल सेन्ट्रल ब्युरो (एनसीबी) काठमाडौंले प्रहरी अन्तर्राष्ट्रिय संगठन इन्टरपोलमा पत्राचार गरेको थियो ।
डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलका १९६ सदस्य राष्ट्रले उनीमाथि निगरानी तथा खोजि कार्य गर्ने छन् । उनलाई भेट्नासाथ नेपाल फर्काउने प्रक्रिया सुरु हुनेछ ।
ग्यालेक्सी फोर–के टेलिभिजनका सञ्चालक समेत रहेका राईविरुद्ध विभिन्न सहकारीमा बचतकर्ताको रकम हिनामिना गरेको आरोप छ ।
अहिले यो प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पनि अनुसन्धान गरिरहेको छ। उजुरी परेका सबै जिल्लाबाट फाइल मगाएर सीआईबीले अनुसन्धान थालेको छ ।
- दरबार हत्याकाण्डबारे पूर्वराजा ज्ञानेन्द्र शाहले २२ वर्षपछि पहिलो पटक मुख खोले, राजनीतिक दलहरुमाथि गम्भीर आरोप, हेर्नुहोस् पुरा भिडिओ :