काठमाडौं । सरकारले यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय गरेको छ ।
मंगलबार १६ माघमा पर्ने शहीद दिवसलाई राष्ट्रिय पर्वका रूपमा मनाउने तर सार्वजनिक बिदा भने नदिने निर्णय भएको गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले जानकारी दिए ।
‘माघ १६ को शहीद दिवसमा सार्वजनिक बिदा हो कि होइन भनेर सयौंले सोधे,’ अधिकारीले भने, ‘खासमा यो वर्ष शहीद दिवसमा सार्वजनिक बिदा नदिने निर्णय भएको छ ।’
उनका अनुसार शहीद दिवस देशभरि मनाइने तर सरकारी कार्यालय सबै यथावत् खुल्ने र सेवा प्रवाह हुनेछ ।
‘अर्को वर्ष २०८१ को शहीद दिवसमा सार्वजनिक बिदा दिने निर्णय सरकारको छ,’ उनले भने, ‘तर, यसपालिलाई बिदा दिइएको छैन ।’