काठमाडौं । काठमाडौं महानगरले पोस्टर टाँसेर फोहर गरेको भन्दै जरिवाना गराएको छ ।
दृश्य प्रदूषण नियन्त्रण इकाई र मध्य क्षेत्रको संयुक्त टोलीले मनिष एड्भरटाइजिङ एण्ड प्रिन्टिङ प्रेसलाई ५० हजार रुपैयाँ जरिवाना गराएको हो ।
महानगर प्रहरी बलका अनुसार अनामनगरमा पोस्टरिङ गर्दै गरेको अवस्थामा पक्राउ गरी जरिवाना गरिएको हो ।