धनुषाबाट ३ मोटरसाइकलसहित ७ लाखको अवैध सामान बरामद


धनुषा । भारतबाट अवैधरुपमा भन्सार छली गरेर नेपाल ल्याउँदै गरेको अवस्थामा धनुषा प्रहरीले सात लाख ५७ हजार बराबरको अवैध रामान बरामद गरेको छ ।

खाद्यान्न, लत्ताकपडा, हार्डवेयरका सामान र तीनवटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्हरुी कार्यालय धनुषाले जनाएको छ।

भारतबाट नेपालतर्फ भन्सार छलेर ल्याएको किराना सामान, प्याज, खुर्सानी, कपडा र हार्डवेयरका सामान प्रहरीले बरामद गरेको हो ।

सामान ओसारपसारमा प्रयोग गरिएका तीनवटा मोटरसाइकलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक रञ्जन अवालेले जानकारी दिए।

बरामद गरिएको सामान र मोटरसाइकल भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ। रासस

प्रकाशित : २०८० माघ १५, सोमबार १२:५६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ