एजेन्सी । दक्षिण पश्चिम पाकिस्तानमा राजनीतिक र्यालीका क्रममा बिस्फोट हुँदा ५ जनाको मृत्यु भएको छ ।
पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा मङ्गलवार एउटा राजनीतिक -यालीका क्रममा बिस्फोट हुँदा कम्तिमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य पाँच जना घाइते भएका छन् ।
मोटरसाइकलमा राखिएको बिस्फोटक पदार्थ बिस्फोट भएको समाचारहरुमा उल्लेख छ । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) को -यालीलाई लक्षित गरी हमला गरिएको बताइएको छ । घाइतेलाई नजिकैको अस्पताल लगिएको छ । तीन जनाको अवस्था गम्भीर छ ।
आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन ।