सिरहा । भगवानपुर गाउँपालिका ३ धातीस्थित लागुऔषधसहित एक युवक प्रकाउ परेका छन् ।
पक्राउ पर्नेमा सप्तरीको सुरुङ्गा नगरपालिका ७ का २० वर्षीय रुपेश चौधरी छन् । प्रहरी चौक ठाडीका प्रहरी वरिष्ट नायव निरिक्षक सजेन्द्र पोखरेलको कमाण्डमा खटिएको टोलीले भगवानपुर गाउँपालिका ३ धातीबाट उनलाई पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको अवस्थामा उनलाई रोकेर चेकजाँच गर्दा लागुऔषध बरामद भएपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । उनले हातमा बोकेको कालो प्लाष्टिक झोलाबाट डाइजोपाम १७ एम्पुल, ब्रोमेथोजाईन हाइड्रोक्लोराइड १७ एम्पुल र बुपरीनोरफाईन १७ एम्पुल बरामद भएको छ ।
पक्राउ परेका चौधरीलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी ठाडीले ईलाका प्रहरी कार्यालय लहानको जिम्मा लगाएको छ ।