धर्मेन्द्र पासवान/लहान : कुनै पनि काममा सफलता प्राप्त गर्न अतिरिक्तकामको आवश्यकता पर्छ, अतिरिक्त काम भन्नाले गर्न लागेको कामलाई सहयोग पुर्याउन थप क्रियाकपला भन्ने बुझिन्छ । त्यसरी नै विद्यार्थीहरूलाई शिक्षण सिकाइ क्रियाकलापसंगै जुनसुकै पक्षमा अतिरिक्तको जरुरत पर्छ ।
विद्यार्थीहरूलाई विद्यालयका शैक्षिक क्रियाकलापमा पनि अतिरिक्त क्रियाकलापको भुमिका त्यस्तै हुन्छ । यी कुराहरूलाई समेट्दै मधेश प्रदेश स्थित सिरहाको लहान-८ मा रहेको ‘स्कुल अफ स्कलर्स’ (एसओएस)ले माघ २७ गते शनिबारदेखि सोमबार तीन दिनसम्म चल्ने अतिरिक्त क्रियाकलाप र सृजनात्मक कला प्रदर्शन ‘एसओएस विन्टर इभेन्ट-२०८०’ सुरु गरेको छ । जसमा ती विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले आ-आफ्नो खोज अनुसन्धान तथा आविष्कार प्रदर्शन गरिरहेका छन् ।
विद्यार्थीहरुले ३० भन्दा बढी विभिन्न फरक-फरक विधाका बिज्ञान, गणित, चित्रकला, हस्तकला, वाद्यवादन, नृत्यकला, नाटक, वक्तृत्वकला, हाजिरीजवाफ, हिज्जे, खेलकुद प्रतियोगिता, साहित्यिक गतिविधि, कविता र निबन्ध प्रतियोगिता क्रियाकलाप प्रदर्शन गर्दैछन् ।
करातेका खेल प्रशिक्षक राजु गुप्ताले ‘हाम्रो शारिरीक, मानसिक तथा बौद्धिक विकासका लागि विभिन्न प्रकारका खेलकुद, चेतनामुलक तथा नैतिकता सम्बन्धी विषयबस्तु नभई हुँदैन जसले विद्यार्थीलाई शारिरीक रुपमा स्फुर्त, बौद्धिक रुपमा चेतनशील भई आफ्नो नियमित अध्ययन अध्यापनलाई पुर्ण बनाउन सक्छ भनेका छन् ।
विद्यालयले विद्यार्थीहरूको सिर्जनात्मक प्रतिभाको विकासका लागि विद्यालयमा अतिरिक्त क्रियाकपाल कार्यक्रम यसकारण नैतिकताको पाठ बढाउँदा आफु नैतिकवान बन्न सक्नुपर्ने ‘स्कुल अफ स्कलर्स’ सञ्चालक समितिका अध्यक्ष तथा निर्देशक सुदिप कुशवाहाको तर्क रहेको छ ।
उनले अनुशासनको अनुसरण विद्यार्थीले शिक्षकबाटै गर्ने हो भने खेलकुद लगायतका अतिरिक्त क्रियाकलाप पनि शिक्षकले नै आफै गर्ने गर्न लगाउने वा नमुनाका रुपमा अतिरिक्त कार्यक्रम गर्ने, शिक्षक शिक्षकका वीच प्रतियोगितात्मक कार्यक्रम नर्गदासम्म यसको महत्व नरहने जिकिर गरेका छन् ।
निर्देशनक कुशवाहाका अनुसार विद्यार्थीहरूभित्र रहेको प्रतिभाको विकास गराउने काममा शिक्षक अग्रसर हुने हो भने, नाटकले वक्तृत्वकलाले लेख्ने सीप तथा वोल्नेसीपमा अतिरिक्त विकास भई पालो पर्खने, कुरा गर्दा आक्षेप नलागाउने, संवोधन गर्दा शिष्टता अपनाउने भन्ने सिक्छ यसर्थ यो अतिरिक्त क्रियाकलाप भनेको व्यवहार हो, हाम्रो शिक्षाको लक्ष्य पनि व्यवहार परिवर्तन गर्ने हो ।
करोडौंको निजि लगानीमा सुविधा सम्पन्न आधुनिक प्रविधिले भरिपूर्ण ‘स्कुल अफ स्कलर्स’ विशेष अनुभवी, दक्ष जनशक्तिहरूद्वारा शिक्षण सिकाइ गराइरहेको हुँदा स्थापना भएको कम समयमा नै हरेक विधामा नाम कमाउन सफल भएका छन् ।