आजबाट पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा २ रुपैयाँ बढ्यो


काठमाडौं । आजबाट पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढेको छ । नेपाल आयल निगमले आजबाट लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।

बिहीबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य लिटरमा दुई–दुई रूपैयाँ बढेको जनाएको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।

निगमले भारतीय आयल कर्पोरेसन (आइओसी)ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य तोकिएको छ । आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ८३ पैसा र डिजेलमा एक रूपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको निगमको विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित : २०८० फाल्गुन ४, शुक्रबार ०९:०४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ