जनकपुरधाम । बारा प्रहरीले ३४ किलो चरेससहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
बाराको जितपुर सिमरा उपमहानगरपालिका २१ अमलेखगंज स्थित हेटौंडाबाट वीरगञ्ज जाँदै गरेको यूपी ३२ एनएम ४४७६ नम्बरको भारतीय कार चेकजाँच गर्ने क्रममा प्रहरीले ठूलो परिमाणमा चरेस फेला पारेको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी इन्स्पेक्टर विरेन्द्रराज गुरूङका अनुसार गाडीको पछाडिको भागमा बक्स बनाइ सोही बक्समा लुकाइछिपाइ राखेको अवस्थामा ३४ किलो चरेस बरामद भएको हो ।
प्रहरीले कारमा सवार भारत उत्तरप्रदेशको बरेध जिल्ला दिपाद कोतवाद बस्ने ४२ वर्षीय साफिर अली र ४४ वर्षीय मोहमद अबजाललाई पक्राउ गरेको छ ।
बुधबार पक्राउ परेका उनीहरूलाई लागुऔषध मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको इन्स्पेक्टर गुरूङले जानकारी दिए ।