सिरहा । नवराजपुर गाउँपालिकामा प्रथम गाउँपालिका अध्यक्ष क्रिकेट कप प्रतियोगिता सुरु भएको छ । पालिका अध्यक्ष शिव उदगार यादवले रिवन काटेर प्रतियोगिताको विधिवत रुपमा उद्घाटन गरे ।
प्रतियोगिता नवराजपुर गाउँपालिका ५ स्थित कुर्सीन्डीको खेल मैदानमा संचालन भएको छ । प्रतियोगितामा पालिकाको १ देखी ५ वटै वडाको खैलाडीहरु १० वटा खेल खेलेर एकआपसमा प्रतिस्पर्धा गर्नेछन् ।
खेलमा प्रथम विजेता टीम लाई प्रथम सिल्ड साथै ६० हजार नगद रुपैया र उपविजेता टिमलाई दोस्रो सिल्ड ४० हजार नगद रुपैया तथा बेस्ट ब्यास्टम्याम, बेस्ट बोलर, म्यान अफ द सेरिज र फाईनल म्यान अफ द म्याच प्राप्त गर्ने खेलाडीहरुको लागी सिल्ड, मेडलको समेत व्यवस्था गरिएको छ ।
प्रतियोगिताको पहिलो खेलमा वडा नम्बर १ र वडा नम्बर ५ का खेलाडीहरु बिच खेलमा वडा नम्बर १ ले टस जितेर गेन्दबाजी गर्ने रोजेको थियो भने वडा नम्बर ५ का टिमले ब्याटिङ्ग गर्दै २० ओभरका खेलमा २० ओभर समाप्त गरी १४४ रनको लक्ष्य दिईएको थियो । जबाबी ब्याटिङ्गमा वडा नम्बर १ का टिमले १६ औभरमा ६ विकेट गुमाउँदै १४५ रन पार गर्दै ४ विकेटले संदार जित हात पार्ने सफल भयो ।