काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा नेदरल्याण्ड्सले नेपाललाई १३८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३९ ओभरमा १३७ रनमा अलआउट भएको हो ।
नेदरल्याण्ड्सका लागि कप्तान स्कट एडवर्ड्सले ३३ र बास ले लीडेले २७ रन जोडे । साइब्रान्ड एंगलब्रेक्टले २३ रन बनाउँदा म्याक्स ओ डाउड १० रनमा रनआउट भए । काइल क्लेन ११ रन बनाउँदै नटआउट रहे ।
कुशल भूर्तेलले ४, ललित राजवंशीले २ तथा कप्तान रोहित कुमार पौडेल र सोमपाल कामीले १–१ विकेट लिए ।