काठमाडौंमा निषेधित क्षेत्र तोड्न राजेन्द्र महतोले निकाल्यो जुलुस (भिडिओसहित)


जनकपुरधाम । राष्ट्रिय मुक्ति क्रान्तिको घोषणा गरेका मधेशी नेता राजेन्द्र महतोले काठमाडौंको माइतीघर मण्डलामा सरकारले तोकेको निषेधित क्षेत्र तोड्न जुलुस निकालेका छन् ।

महतोले ठूलो संख्यामा आफ्ना पक्षका नेता कार्यकर्तालाई निषेधित क्षेत्र तोड्न सडकमा उतारेका हुन् । कमलपोखरीबाट निकालिएको जुलुस अहिले माइतीघर मण्डलातर्फ लागेको बुझिएको छ ।

स्रोतका अनुसार प्रहरीले नेता महतो र उनका समूहका अन्य शिर्ष नेताहरुलाई पक्राउ गर्ने तयारी गरेको छ । महतोको आन्दोलनमा उपेन्द्र यादव नेतृत्वको जसपाका केहि असन्तुष्ट नेताहरु पनि सहभागी छन् ।

भिडिओ हेर्नुहोस् :

प्रकाशित : २०८० फाल्गुन १६, बुधबार १५:१४

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ