काठमाडौं । मिटरव्याज पीडित र सरकारबीच आज फेरी वार्ता निष्कर्षविहीन भएको छ ।
गृह मन्त्रालयमा भएको बार्तामा मिटरब्याज पीडितले राखेका मागका बारेमा छलफल भयो तर सहमती नभएको मिटरब्याज तथा ठगी विरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले जानकारी दिए ।
उनका अनुसार माग पुरा गर्न राज्यपक्ष सकारात्मक छैन । अब फेरी बार्तामा बस्नेगरी छलफल टुंगिएको छ ।
मिटरब्याज पीडितहरुले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिव किसानहरुलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने, जुनसुकै तहमा हस्तान्तरण भएको सम्पनती फिर्ता हुनुपर्ने, अधिकार सम्पन्न न्यायीक आयोग गठन हुनुपर्ने लगायतका माग राखेर काठमाडौं केन्द्रीत आन्दोलन गर्दै आएका छन् ।