त्रिशुलीमा बस खस्दा पाँच जनाको मृत्यु, ३७ जनाको उद्धार


काठमाडौं । त्रिशूली नदीमा बस खस्दा मृत्यू हुनेको संख्या पाँच पुगेको छ । अहिलेसम्म ३७ जनाको उद्धार गरिएको छ ।

कपिलवस्तुबाट काठमाडौं आउँदै गरेको लु २ ख २१२१ नम्बरको बस बिहान ४ बजेतिर गजुरी गाउँपालिका ५ घाटबेसीस्थित पृथ्वी लोकमार्गबाट त्रिशूलीमा खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङका एसपी गौतमकुमार केसीका अनुसार मृतक पाँचै जनाको पहिचान खुलेको छैन । उद्धार गरिएका ३७ नै जनालाई उपचारका लागि गजुरी सामुदायिक अस्पताल लगिएको छ।

बसमा अनुमानित ५० जना रहेको एसपी केसीले जानकारी दिए । बसका चालक घाइते छन् । गजुरी सामुदायिक अस्पतालमा उनको उपचार भइरहेको छ ।

प्रकाशित : २०८० फाल्गुन २३, बुधबार ०८:४६

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ