लहान । नवराजपुर गाउँपालिका ४ स्थित नवराजपुर गाउँपालिकाले सिलाई कटाई प्रशिक्षण केन्द्र स्थापना गरेको छ ।
शिपमुलक तालिम दिएर बेरोजगारी अनत्य र स्वरोजगार बन्नको लागी नवराजपुर गाउँपालिकाले व्यवसायिक सिलाई कटाई प्रशिक्षण केन्द्र स्थापना गरेको हो ।
नवराजपुर गाउँपालिका ४ सोनबर्षा चौकस्थित पुरानो विधालयमा फाल्गुण २५ गतेदेखी संचालनमा रहेको व्यवसायिक सिलाई कटाई प्रशिक्षण केन्द्रमा हाल सम्म २२० महिलाले फारम भरी सहभागिता सुनिश्चित गरेको उधम शाखा प्रमुख भोगेन्द्र यादवले जानकारी दिए ।
केन्द्रमा दुई समुह विभाजन गरी ५० /५० सहभागि महिलाहरुलाई तीन महिने प्रशिक्षण दिने र बाँकी फारम भरेको सहभागिहरु लाई अर्को तिन /तिन महिनामा निरन्तर प्रशिक्षण दिने लक्ष्य रहेको शाखा प्रमुख यादवले बताए ।
केन्द्रमा कुर्ता सुरुवाल,रैले,भोटो,बलाउज,थ्रि पिस जस्ता अनैकों फरक फरक खालका कपडाहरु सिउने सक्ने प्रशिक्षण दिईने प्रशिक्षक ककुलति कुमारी महतोले जानकारी दिइन्।
नवराजपुर गाउँपालिकाले विधमान बेरोजगार जनशक्तिहरुलाई श्रम बजार अनुकुलको ज्ञान र सीप प्रदान गरी रोजगारी र स्वरोजगारीका अवसरहरु सृजना गर्न समय समयमा विभिन्न किसिमको सिप मुलक तालिम संचालन गर्दै आईको छ ।