जयनाथ यादव,लहान । जिल्ला प्रहरी कार्यालय सिरहाको आयोजनाम समुदाय प्रहरी साझेदारी कार्यक्रम को अवधारणा अनुरुप स्थानिय तह प्रहरी विधालय सम्पर्क कार्यक्रमको समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ ।
सिरहा नगरपालिकाका नगर प्रमुख डा.नविन कुमार यादवको प्रमुख अतिथिमा भएको कार्यक्रमा जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख र नगर शिक्षा शाखा प्रमुखको साझेदारीमा नगर प्रमुख, प्रमुख जिल्ला अधिकारी तथा प्रमुख प्रशासकीय अधिकृतको रोहबरमा समाजिक शान्ति सुरक्षा र सतर्कता सम्बन्धी विषयहरु (सडक सुरक्षा,लागूऔषध,साईबर अपराध,लैंगिक हिंसा र योजन्य हिंसा ) समेटिएको पुस्तिका सिरहा नगरपालिका अन्तर्गत विधालयहरुका पाठ्यक्रममा प्रविष्ट गराई छात्र छात्राहरुलाई अध्यापन गराउने भनि समझदारी पत्रमा दुईटै पक्षबाट हस्ताक्षर गरिएको प्रहरी प्रवक्ता रविन्द्र राज पाण्डेले जानकारी दिईएको छ ।
कार्यक्रमा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल,जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी उपरीक्षक सन्तोष आचार्य,सिरहा नगरपालिका उपमेयर बबिता कुमारी साह, नगरपालिका प्रमुख प्रशासकीय अधिकृत बलिराम यादव,नगर शिक्षा शाखा प्रमुख काशिन्द्र प्रसाद यादव लगायत नगरपालिकाका अन्य शाखा प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो।