जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउने निर्णय गरेको छ ।
नेकपा एमालेको तर्फबाट हिजोमात्र स्वास्थ्य मन्त्री नियुक्त भएका सिंह अबेर साँझ पदभार ग्रहण गरे । आज मन्त्रालयमा राज्यमन्त्री केशव राय, पदाधिकारी र कर्मचारीसहितको बैठकमा उनले रगत तथा रगतजन्य सेवा निःशुल्क गर्ने निर्णय गरेका छन् ।
आकस्मिक स्वास्थ्य सेवा प्राप्त गर्ने क्रममा बिरामीलाई तत्काल आवश्यक पर्ने बिरामीलाई रगतजन्य सेवा निःशुल्क गर्ने निर्णय गरेको मन्त्री सिंहले जानकारी दिए ।
उनले भने, ‘समयमा रगत नपाएर कतिपय बिरामीको मृत्यु हुन्छ । त्यस्तो बिरामीलाई तत्कालै निःशुल्क रगत उपलब्ध हुनुपर्छ । यसको कार्यान्वयणका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेका छौं ।’