सिरहा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको उद्यमशीलता र साना तथा मझौला व्यावसायी विकास विभागको सदस्यमा १० जनालाई मनोनित गरेका छन् ।
सभापति देउवाले शुक्रबार देशका विभिन्न स्थानका १० जनालाई मनोनित गरेका हुन् । जसमा सिरहाको मिर्चैयाका युवा नेता एवं व्यावसायी अशोक कुमार साह पनि छन् ।
पार्टीकी केन्द्रीय सदस्य सीता थपलियाको नेतृत्वमा रहेको विभागको सदस्यमा उनीहरूलाई पार्टीको विधान २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम मनोनयन गरिएको छ ।
साह जिल्लामा सफल व्यवसायीसँगै बौद्धिक राजनीतिकर्मीका रूपमा परिचित छन् । महत्त्वपूर्ण जिम्मेवारीका लागि पार्टीप्रति कृतज्ञता ज्ञापन गर्दै साहले इमानदारीपूर्वक जिम्मेवारी बहन गर्ने प्रतिवद्धता जनाए ।