काठमाडौं । आगामी केही दिनसम्म तराई/मधेशमा अत्यधिक गर्मी हुने सम्भावना रहेकाले होसियारी अपनाउन आग्रह गर्दै मौसम पूर्वानुमान महाशाखाले चेतावनी जारी गरेको छ ।
महाशाखाका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई/मधेश भूभागका केही स्थानमा केही दिनदेखि अधिकतम तापक्रम लगातार ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि उक्लिएको छ ।
महाशाखाले भनेको छ, ‘तसर्थ ती भूभागमा आगामी २ दिन (जेठ १९ देखि २० गतेसम्म) तातो हावा तथा तातो लहरको सम्भावना रहेको हुनाले सो को असरबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’