जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मधेश सरकारमा सहभागी हुने/नहुने कुनै निर्णय नलिने भएको छ ।
लोसपाको आज पदाधिकारी बैठक बसेको थियो । उक्त बैठकले सरकारमा सहभागी हुने कि नहुने कुनै निर्णय नगरेको पार्टीका महासचिव मनिष मिश्रले जानकारी दिए ।
अहिले लोसपा सत्ता गठबन्धन मात्र होइन्, संघ र प्रदेश सरकारमा पनि छैन । मधेश प्रदेशमा नयाँ सरकार बनाउन लोसपाले सहयोग गर्ने सत्ता गठबन्धनका मधेश प्रदेशका नेताहरुको दावी छ ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन् ।