जनकपुरधाम । भारतको लोकसभा निर्वाचनको मतगणना जारी रहँदा प्रारम्भिक रुझानमा नरेन्द्र मोदी नेतृत्वको एनडिए गठबन्धन पछाडी परेको छ ।
५४३ सीटका लागि भएको निर्वाचनको पछिल्लो विहान साढे ९ बजेको रुझान अनुसार २३४ सीटमा भाजपा नेतृत्वको गठबन्धन अगाडि छ । तर कांग्रेस नेतृत्वको इण्डिया गठबन्धन २६१ सीटमा अगाडी देखिएको भारतीय न्यूज२४ टिभीले जनाएको छ ।
यो संख्या प्रत्येक मिनेटमा घटबढ भइरहेको छ । प्रारम्भिक रुझानले भाजपाको ४ सय पार नारा सफल नहुने देखिएको छ । यद्दपी धेरै मिडियाले मोदी नेतृत्वको एनडिए गठबन्धनलाई अगाडी देखाइरहेका छन् ।