भारत लोकसभा निर्वाचनको मतगणना जारी छ । नरेन्द्र मोदी नेतृत्वको एनडीए र राहुल गान्धी नेतृत्वको इण्डिया गठबन्धनबीच कडा टक्कर देखिएको छ ।
मतगणनाको सुरुको रुझानमा एनडीए गठबन्धन अगाडी देखिएको थियो । तर विहान पोने १० बजेको अपडेट अनुसार राहुल नेतृत्वको इण्डिया गठबन्धन अगाडी आएको छ ।
वाराणसीबाट चुनाव लडेका नरेन्द्र मोदी नै पछाडी परेको खबर छ । भारतीय मिडियाका अनुसार मोदी ६ हजार भोटले पछि परेका हुन् । उनीभन्दा काँग्रेसका अजय राय अगाडी देखिएका छन् ।
मोदी पटक पटक प्रधानमन्त्री भइसकेका छन् । एनडीए गठबन्धनको नेतृत्व सम्हालेका मोदी नै पछाडी परेपछि सो गठबन्धनलाई ठूलो झड्का लाग्ने देखिएको छ ।