जयनाथ यादव,लहान । भगवानपुर गाउँपालिकामा लागु औषध दुर्व्यसन सम्बन्धि ५ दिने सचेतनामुलक कार्यक्रम शुभारम्भ भएको छ ।
भगवानपुर गाउँ पालिकाको आर्थिक सहयोग र नेपाल सामुदायिक विकास केन्द्र विष्णुपुर गाउंपालिका–१ को आयोजनामा संचालन भएको पालिकाको सभाहलमा लागु औषध दुर्व्यसन सम्बन्धी ५ दिने सचेतनामुलक कार्यक्रम लाई मैनवती बाली विधिवत रुपमा पालिका अध्यक्ष उग्रनारायण यादव उद्धघाटन गरिएको छ ।
राष्ट्रियका करणधार युवाहरुले दिनादुन लागु औषध दुर्व्यसनमा फसी आफ्नौ ज्यानको जोखिम मोलेर युवा पुस्तानै बर्बाद हुने अवस्था पुगिरहेको पालिका अध्यक्ष उग्रनारायण यादवले दुःख व्यक्त गरेका छन् ।
अध्यक्ष यादवले भने पालिका लाई लागु औषध दुर्व्यसन मुक्त बनाउनका लागी नागरिक लाई सचेत हुन सचेतना कार्यक्रम आवश्यक रहेको बताए ।
उनले भने सचेतना कार्यक्रमले हद सम्म लागु औषध सेवन गर्ने युवाले लागु औषधको असरको बारे बुझने प्रयास गर्छ र समाज उन्नति र प्रगति तर्फ उनमुख हुन्छ भने विश्वाश लिएको बताए।
भगवानपुर गाउँपालिकाले पाँच लाख आर्थिक सहयोग दिई संचालन गरिएको ५ दिने लागु औषध दुर्व्यसन सम्बन्धी सचेतनामुलक कार्यक्रममा पालिका अन्तर्गत रहेको माध्यमिक विद्यालयहरुको कक्षा ९ र १० का विधार्थीहरु लाई राखी लागु औषधको सेवनबाट हुने क्षती र समाजमा पर्ने असर बारे जानकारी दिने संचालकले बताएका छन् ।
लागु औषध सचेतना कार्यक्रममा बाला सुन्दरी माध्यमिक विद्यालयका छात्र–छात्रा ,भगवानपुर गाउँपालिकाका प्रशासन प्रमुख लक्षमण मण्डल,लेखा प्रमुख त्रिलोक यादव,जिन्सि शाखा प्रमुख राजेन्द्र प्रसाद यादव,शिक्षा शाखा प्रमुख जिवछ यादव,बाला सुन्दरी माध्यमिक विद्यालयका प्रधानाध्यापक संतोष झा,ठाडी वि.औ.पी. का प्रहरी नायव उपरिक्षक दिनेश श्रेष्ठ, समाज सेवी युवा ईन्जिनियर सुनिल यादव लगायतको उपस्थिति रहेको थियो।