सिरहा । मधेशमा बढ्दो तापक्रमका कारण केही दिन अत्याधिक गर्मी हुनेछ ।
जेठ २८ गते सम्म तराईमा तातो हावा चल्ने सम्भावना छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई÷मधेश भू–भागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।
आगामी केही दिन सम्म तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्नु तथा आवश्यक सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
कोशी प्रदेश लगायत पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।