सशक्त नेतृत्व चयन गरेर विरोधी र प्रतिगामी शक्तिलाई जवाफ दिन्छौं ःराजकिशोर यादव


लहान । जनता समाजवादी पार्टीका नेता राजकिशोर यादवले महाधिवेशनबाट सशक्त नेतृत्व चयन गरेर विरोधी र प्रतिगामी शक्तिलाई जवाफ दिने बताएका छन् ।

पार्टी महाधिवेशन उद्घाटन सत्रमा बोल्दै नेता यादवले जस्तोसुकै परिस्थिति र स्थिति आएपनि लक्ष्य हासिल गर्नबाट विचलित नहुने बताए । उनले सबै स्थिति र परिस्थितिसंग लडेर जित्दै सपना पुरा गर्ने बताए ।

नेता यादवले समतामूलक समाज, न्यायमा आधारित समाज र समृद्ध नेपाल निर्माण गर्न कुनै कसर बाँकी नराख्ने बताए ।

उनले भने, ’मधेश र मधेशीलाई अधिकार सम्पन्न बनाउँछौं । र, यो देशमा अधिकारबाट बंचित चाहे जनजाति होस् वा दलित । चाहे महिला होस् वा पश्चिमका राणा थारु । सबैका लागि जसपा नेपाल लड्छ ।’

 

प्रकाशित : 10 June 2024 11:03 PM

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ