परराष्ट्र मन्त्रीबारे निर्णय बजेट पास भएपछि मात्र लिन्छु : सीके राउत


काठमाडौं । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले संघीय सरकारमा जान हतारमा नरहेको प्रस्ट्याएका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राउतलाई परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउन आग्रह गरेका थिए । सो विषयमा उनले भने, ‘संघीय सरकारमा जान हतारो छैन । बजेट पास भइसकेपछि निर्णय लिन्छु ।’

जनमत पार्टी अहिले मधेश सरकारको नेतृत्व सम्हालिसकेको छ । संघीय सरकारमा आउन पनि अफर आइसकेपनि उनले तत्कालै सरकारमा जाने विषयमा निर्णय नभएको बताए ।

सरकारमा आफैं जाने वा साथीहरूलाई पठाउने कुरा पनि बजेट पास भएपछि मात्रै निर्णय लिने उनको भनाई छ ।

प्रकाशित : २०८१ असार ४, मंगलवार १८:४२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ