काठमाडौं । संघीय संसद भवन नयाँ बानेश्वरमा एक प्रहरी जवानले आफैँलाई गोली हानेका छन् । बुधबार बिहान २२ वर्षीय प्रहरी जवानले आफैँलाई गोली हानेका हुन् ।
उनले शौचालयमा गएर आफैँले बोकेको पेस्तोलले आफैँलाई गोली हानेका हुन् । संसद सचिवालयका प्रवक्ता एकराम गिरीले ती प्रहरी जवानले आफैँले गोली हानेर आत्महत्या गरेको जानकारी दिए ।
दोलखा घर भएका प्रहरी जवान अजित गोले गोली लागेको अवस्थामा मृत फेला परेका हुन् । उनी शौचालयमा फेला परेका थिए ।