काठमाडौं । स्वतन्त्र संघीय साँसद अमरेश कुमार सिंहले काठमाडौंमा मधेशीमाथि प्रहरीबाटै अत्याचार भएको भन्दै गृहमन्त्री रवि लामिछानेसँग जवाफ मागेका छन् ।
काठमाडौंमा केहि दिनदेखि कवाडी व्यवसायीसंघ आन्दोलनमा छ । अदालतको आदेश समेत नमानेर मेयर बालेन शाहले व्यावसाय गर्न नदिएपछि कवाडी व्यावसायीहरु आन्दोलित बनेका हुन् ।
आन्दोलनको क्रममा कवाडी व्यावसायीलाई मंगलबार काठाडमौंमा प्रहरीले दमन गरे । घाईते हुनेमा अधिकांश मधेशी समुदायका छन् । उनीहरुको उपचार निःशुल्क गर्न साँसद सिंहले सरकारसँग माग गरेका हुन् ।
उनले काठमाडौंमा मधेशी र गरिबलाई देख्नै नहुने अवस्था सृजना गरिएको र मेयर बालेन हिटलर बन्न खोजेको आरोप लगाए । उनले मेयर बालेनको घर अगाडी फोहोर फाल्न पनि कवाडी संघलाई आह्वान गरेका छन् । हेर्नुहोस् भिडियो :