काठमाडौँ । सर्लाहीमा दुईवटा सवारी साधन ठोकिँदा तीन जनाको मृत्यु भएको छ। दुर्घटनामा झण्डै १० जना घाइते भएका प्रहरीले जनाएको छ ।
पूर्व पश्चिम राजमार्गमा पर्ने बागमती नगरपालिका–१ रायमाझी चोकमा आज बिहान ६ बजेतिर यात्रु बस र भारतीय मालबाहक लरी (ट्रक) आपसमा ठोक्किएका इलाका प्रहरी कार्यालय हरिवनका इन्सपेक्टर अनिल गिरीले जानकारी दिए ।
‘दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। झण्डै १० जना घाइते भएका छन्,’ गिरीले नेपालखबरसँग भने, ‘गम्भीर अवस्थाका पाँच जना घाइतेलाई भर्खरै उपचारको लागि वीरगञ्ज पठाइएका छौँ। अन्य घाइतेको स्थानीय अस्पतालहरुमा उपचार भइरहेको छ।’
भैरहवाबाट जनकपुरतर्फ जाँदै गरेको लु १ ख ८८४८ नम्वरको बस रायमाझी चोकमा सडक किनारमा रोकिराखेको एन एल ०११ ए एस ९२५२ नम्वरको भारतीय मालबाहक ट्रक ९लरी०मा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको गिरीले जानकारी दिए । ‘तीव्र गतिमा रहेको बस सडकमा ओभरटेक गर्ने क्रममा ट्रकसँग ठोक्किएको हो,’ गिरीले भने ।
दुर्घटनामा रुपन्देही घर भएका हरिबहादुर चौधरी ९थप ठेगाना र उमेर खुल्न बाँकी०, रुपन्देहीकै ८५ वर्षीय दशरथ कुहार र रुपन्देहीको मायादेवी गाउँपालिका २ का ५० वर्षीय रामकरण केवटको मृत्यु भएको हो ।
उनीहरु सबै बसका यात्रु हुन् । बसमा झण्डै ४१ जना सवार थिए । घटनास्थलमा अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको इन्सपेक्टर गिरीले बताए। दुर्घटनापछि बसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।