सिरहा । सोमबार साँझ देशभर मौसम साधारणतयादेखि पूर्णतया बदली छ ।
अनि कोसी, मधेस र बागमती प्रदेशका केही स्थान, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एकरदुई स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महााशाखाका अनुसार राति पनि देशभर मौसम साधारणतयादेखि पूर्णतया बदली नै रहने छ। यस क्रममा कोसी, मधेस, बागमती प्रदेशका धेरै स्थान, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।
साथै राति कोसी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना छ। अनि कोसी, बागमती र गण्डकी प्रदेशका एकरदुई स्थानमा धेरै भारी वर्षा पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
मौसम महाशाखाले आगामी २४ घण्टा ९सोमबार साँझ ६ बजेदेखि मंगलबार साँझ ६ बजेसम्म० का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ ।