काठमाडौं । काठमाडौं महानगरपालिका मेयर बालेन साहले कांग्रेस एमालेबीच बन्न लागेको सत्तागठबन्धन प्रति कडा व्यङ्ग गरेका छन् ।
मेयर साह बालेनले कांग्रेस एमालेको नया समिकरणलाई लेनदेनका रुपमा अथ्र्याएका छन् ।
उनले सामाजिक सञ्जालमा कांग्रेस सभापति शेरवहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले सँगै बसेर चिया पिउँदै गरेको तस्वीर राखेर लेखेका छन् – ‘यो समय गिरीबन्धु चियाको हो । काले काले मिलेर खाऊ भाले ।’
पछिल्लो समय मेयर साहले गिरीबन्धु टी स्टेट प्रकरणमा छानविन गर्नुपर्ने अभिव्यक्ति दिदै आएका छन् ।