सिरहामा गिटी–बालुवा निकाल्दा बनेको पोखरीमा डुबेर २ बालकको मृत्यु


सिराहा । नरहामा पोखरीमा डुबेर दुइजना बालकको मृत्यु भएको छ।

नरहा गाउँ पालिका( ३ खोरियास्थित खोला किनारमा रहेको स्थानीय वसन्त यादवको पोखरीमा डुबेर स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल र शुशीलकै भान्जा ८ वर्षीय आशिष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ।

उक्त पोखरी गिट्टीबालुवाको अवैध उत्खनन् गर्दा बनेको आरोप स्थानीयले लगाएका छन् ।

सोमबार दिउँसोदेखि हराइरहेका दुवै बालकको शव मंगलबार बिहान फेला पारिएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

दुबै शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल सिराहामा राखिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : २०८१ असार १८, मंगलवार १३:५२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ