सर्लाहीमा विषालु सर्पले टोक्दा ११ वर्षीय बालकको मृत्यु


सर्लाही । विषालु सर्पले टोक्दा ११ वर्षीय बालकको मृत्यु भएको छ । बागमती नगरपालिका– ४ का राजेन्द्र तामाङका छोरा ११ वर्षीय रोजित तामाङको सर्पले डसेर मृत्यु भएको हो ।

आफ्नै घरमा खेलिरहेका रोजितलाई सोमबार विषालु सर्पले डसेको परिवारका सदस्यले बताएका छन् ।

ढिलोगरी बालकलाई उपचारका लागि सर्पदंश उपचार केन्द्र नवलपुर पुर्याइएको थियो । केन्द्रमा पुर्याउनासाथ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रकाशित : २०८१ असार १८, मंगलवार १३:५८

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ