झलनाथले केपी ओलीलाई भस्मासुरको संज्ञा दिएपछि…


काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भस्मासुरको संज्ञा दिएका छन् । प्रवासी नेपाली एकता मञ्चको अन्तर्राट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले ओलीकै कारणले कम्युनिष्ट आन्दोलन ओरालो यात्रामा लागेको बताए ।

उनले भने, ‘हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउँदै नेकपामा पुर्‍याइसकेका थियौं । जुन नेकपामा पुयाउँदा १० लाख पार्टी सदस्य थिए । संसदमा दुई तिहाइ बहुमतमा थियौं । ७ मध्ये ६ प्रदेशमा पूर्ण बहुमतमा थियौं । देश वाममय बन्दै गइरहेको थियो, तर त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई पुर्‍यायौं भष्मासुर निस्किए । उनले कम्युनिष्ट आन्दोलनलाई दक्षिपणन्थतिर लग्दै गए र आफैं दुई तिहाइ बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो ।’

उनले ओलीकै कारण नेपालको राजनीति दक्षिणपन्थी र अवसरवादतर्फ गएको जिकिर गरे । ओलीले संसद विघटन गरेदेखि नेपालको राजनीति अस्थिर बन्दै कम्युनिष्ट आन्दोलनलाई नै दिशाहीन बनाएपछि आफूहरुले विद्रोह गरेको नेता खनालले बताए ।

प्रकाशित : २०८१ असार २२, शनिबार १९:०१

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ