कोशीमा पानीको सतह उच्च, ब्यारेजका ४६ वटा ढोका खोलिए


काठमाडौं । पानीको बहाव बढेपछि सप्तकोशी ब्यारेजका ४६ वटा ढोका खोलिएका छन् ।

पानीको सतह उच्च भएपछि सप्तकोशी पुलका ढोका खोलिएका हुन् । आज बिहान ३ लाख ४२ हजार ६५ क्युसेक प्रति सेकेन्ड पानीको बहाव मापन गरिएको छ ।

यो मापन यस वर्षको अहिलेसम्मकै उच्च रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ । नदीले ६ मिटर जल सतह पार गरेको छ ।

जल सतह खतराको नजिक पुगेसँगै उदयपुर, सुनसरी सप्तरीमा कटान हुन सक्ने र ती क्षेत्रमा डुबान हुने भएकाले उच्च सतर्कता अपनाउन सूचना जारी गरिएको छ ।

पहाडी क्षेत्रमा वर्षा भएसँगै कोशी नदीमा पानीको बहाव उच्च हुँदै गएको हो ।

भिडिओ हेर्नुहोस्-

प्रकाशित : २०८१ असार २३, आईतवार ०८:३२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ