केपी ओली चौथोपटक प्रधानमन्त्री नियुक्त, भोली विहान ११ बजे शपथ लिने


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ७६ (२) अनुसार आइतबार ओलीलाई प्रधानमन्त्री नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले दुई वा दुईभन्दा बढी दललाई नयाँ सरकार गठनको दाबी पेस गर्न आह्वान गरेपछि ओलीले नेपाली कांग्रेसको समर्थनसहित शुक्रबार प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।

ओलीको शपथग्रहण भने सोमबार बिहान ११ बजे मात्रै हुने भएको छ। शीतलनिवासमा शपथग्रहण हुने गरी राष्ट्रपति कार्यालयले व्यवस्थापन तथा पत्राचार गरेको छ ।

प्रकाशित : २०८१ असार ३०, आईतवार १७:५९

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ