BREAKING – एमालेबाट को–को बन्दै छन् मन्त्री ?


काठमाडौं । अध्यक्ष केपी शर्मा ओली चौथोपटक प्रधानमन्त्री बन्दै गर्दा एमालेभित्र मन्त्री बन्ने र मन्त्रालय पाउने विषयमा नेताहरूबीच अन्तिम कसरत जारी छ । एमालेले अन्य साना दललाई पनि सरकारमा ल्याउनुपर्ने अवस्थामा मन्त्रालय कम पाउनेछ ।

जसपा नेपाल, जसपा, जनमत, नागरिक उन्मुक्ति र लोसपालाई पनि सरकारमा ल्याउन कांग्रेस र एमाले तयार छन् । साना दलहरूलाई पनि भाग पुर्‍याउँदा कांग्रेसले नौ मन्त्रालय र एमालेले आठ वा सात मन्त्रालय पाउने सम्भावना छ ।

एमालेबाट उपप्रधानमन्त्रीसहित विष्णु पौडेल अर्थ, शिक्षामा विद्या भट्टराई, पदम गिरी सञ्चार, योगेश भट्टराई शहरी विकास मन्त्रालयको नेतृत्वमा रहने चर्चा छ ।

त्यस्तै, गीता शर्मा पनि मन्त्री बन्न सक्ने एमालेका नेताहरू बताउँछन् । उपमहासचिव पृथ्वीसुब्बा गुरुङ उपप्रधानमन्त्री बन्ने भएमा सरकारमा जाने भनिए पनि धेरै जना उपप्रधानमन्त्री नरहने भएपछि उनले के गर्छन् भन्ने तय भएको छैन । ‌

प्रकाशित : २०८१ असार ३०, आईतवार १८:१७

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ