काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले लोकतन्त्रको भावना र संविधानको मर्मविपरीत हुने गरी विभिन्न विषयमा विवादमा आएका व्यक्तिहरूलाई सार्वजनिक निकायमा नियुक्ति नगर्नरनगराउन सरकारलाई निर्देशन दिएको छ ।
निर्वाचन आयोगको आयुक्तका लागि यौन हिंसाको आरोप लागेका कृष्णमान प्रधानका बारेमा संसदीय सुनुवाइ चलिरहँदा आयोगले यस्तो निर्देशन दिएको हो ।
विभिन्न सार्वजनिक निकायका उच्च पदहरूमा फौजदारीलगायत विभिन्न अभियोगमा राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका एवं सामाजिक र नैतिक रूपमा विवादित व्यक्तिहरूलाई नियुक्ति सिफारिस गरेको र नियुक्ति गर्ने क्रममा रहेको जानकारी प्राप्त भएको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ ।