मधेशका मुख्यमन्त्री सिंहद्वारा सौर्य जहाज दुर्घटनाप्रति दुःख व्यक्त


जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले आज भएको सौर्य एयरलाइन्सको जहाज दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

आज विहान करिब सवा ११ बजे त्रिभुवन अन्तरािष्ट्रय विमानस्थलबाट पोखराका लागि उडान भरेको सौर्य एयरलाइन्सको जहान दुर्घटना भएको हो । दुर्घटनामा क्यापटेनबाहेक सबै १८ जनाको निधन भएको छ । क्याप्टेन मनिष शाक्य घाईते छन् ।

घटनाप्रति दुःख व्यक्त गर्दै मुख्यमन्त्री सिंहले दिवंगत भएकाहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गरेका छन् ।

जहाज दुर्घटनाको छानविन गर्न ५ सदस्यीय समिति समेत सरकारले बनाएको छ । मुख्यमन्त्री सिंहले दुर्घटनाको कारण पहिचान गरी आगामी दिनमा यस्तो दुर्घटना हुन नदिनतर्फ सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रकाशित : २०८१ श्रावण ९, बुधबार १९:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ