काठमाडौं । कीर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको निधन भएको छ।
लामो समयदेखि मिर्गौला रोगबाट पीडित नकर्मी गएराति पौने ११ बजे वीर अस्पतालमा उपचारको क्रममा निधन भएको नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यले जानकारी दिइन् ।
उनको शव अहिले अस्पतालमै रहेको र बिहान ९ बजेदेखि ११ बजेसम्म नगरपालिकामा श्रद्धान्जलीका लागि राखिने बताइन् ।
नकर्मीको निधनमा आज नगरपालिकाभर शोक बिदा दिइएको छ । उनको आजै अन्त्येष्टि गरिने छ।