काठमाडौं । आज सिन्धुपाल्चोक, काठमाडौँसहित देशका २७ जिल्लामा बाढीको जोखिम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज दोलखा, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, नुवाकोट, गोरखा, लमजुङ, कास्की, डोटी र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने तथा केहीमा आकस्मिक बहाव हुनसक्ने अनुमान छ ।
साथै आज उदयपुर, रामेछाप, धादिङ, काठमाडौँ, ललितपुर, भक्तपुर, पर्वत, गुल्मी, प्युठान, सल्यान, सुर्खेत, रुकुमपूर्व, रुकुमपश्चिम, दैलेख, कालिकोट, अछाम, बझाङ, दार्चुला र आसपासका जिल्ला भई बहने अधिकांश ससाना नदीमा बहाव बढ्ने अनुमान छ। महाशाखाले भनेको छ– सतर्कता अपनाइराखौँ ।