जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिमा लोकतान्त्रिक समाजवादी विद्यार्थी सङ्घका प्रवेश यादव निर्वाचित भएका छन् ।
आफ्ना निकटतम प्रतिद्वन्द्वी संयुक्त विद्यार्थी प्यानलका श्याम साहलाई पराजित गर्दै यादव निर्वाचित हुन सफल भए । नेकपा माओवादी केन्द्र, जसपा नेपाल र नेकपा एसका विद्यार्थी संगठनले संयुत्तः विद्यार्थी प्यानल बनाएर चुनावी मैदानमा उत्रेका थिए । निर्वाचित यादव लोसपाका विद्यार्थी संगठनबाट चुनाव लडेका थिए ।
यस्तै स्ववियु सचिवमा अनेरास्ववियुका राजु अधिकारी, कोषाध्यक्षमा नेपाल विद्यार्थी सङ्घका शिवशङ्कर साह तथा सदस्यहरुमा नेविसङ्घका रामकुमार महासेठ, पूजा यादव, प्रितीकुमारी कुर्मी, ज्योती दत्त र रञ्जना पासवान तथा संयुक्त विद्यार्थी प्यानलकी सृष्टि चौधरी निर्वाचित भएका निर्वाचन समितिका सदस्य शम्भु पोखरेलले जानकारी दिए ।
विश्वविद्यालय स्थापना भएको ६ वर्षपछि १५ सदस्यीय कार्यसमितिका लागि बिहीबार निर्वाचन भएको हो । विश्वविद्यालयमा भर्ना भएका चार सय ७५ विद्यार्थीमध्ये चार सय ४४ जना मतदानमा सहभागी भएका थिए ।