जनकपुरधाम । बाराको कोलहवी नगरपालिका १० मा प्रहरीले स्थानीय किसानमाथि निरङ्कुस शैलीमा बर्बर दमन र धरपकड गरेको साझा जागरण अभियानका केन्द्रीय संयोजक राजेश विद्रोहीले आरोप लगाएका छन् ।
हदबन्दी भन्दा बढीको सार्वजनिक जग्गामा सामुहिक धान रोप्ने किसानहरुको समुहमाथि शुक्रवार प्रहरीले गरेको लाढीचार्जबाट दर्जनौं आन्दोलनकारी घाइते भए । सात जनालाई प्रहरीले पक्राउ पनि गरेको छ ।
सो घटनाको संयोजक विद्रोही भत्र्सना गरेका हुन् । उनले भने, ‘निहत्था गरिब तथा विपन्न किसान समुदायमाथि राज्यले प्रहरी परिचालन गरि वर्वर दमन गरेको विषय घोर निन्दनिय छ । प्रहरीको यस प्रकारको विभेदपूर्ण र पुर्वाग्रहपूर्ण निरङ्कुश शैलीको डटेर प्रतिकार गर्नुको विकल्प छैन ।’
उनले दमनमा संलग्न प्रहरीमाथि कारबाही र घाइतेहरुको उपचार तथा पक्राउ परेकाहरुलाई अविलम्ब रिहा गर्न माग समेत गरेका छन् । साथै आफुँहरुको माग सुनुवाई नभए आगामी दिनमा हजारौ हजार किसानलाई सडकमा उतारेर अझै सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए ।
बाराको कोलहवीमा सरकारले हदबन्दी कायम गरेको हजारौं विघा जग्गा र सार्वजनिक जग्गा केही वर्षदेखि भूमाफियाहरुले कब्जागरी बेचबिखन गरिरहेको जग्गा कब्जागरी चालिस बिघा जग्गा रोपाइँ गरिरहेको बेला प्रहरीले हजारौं आन्दोलनकारीमाथि लाठी चार्ज तथा धड्पकड गरेको थियो । त्यसक्रममा दुई दर्जन आन्दोलनकारी घाइते भएका छन् भने साझा जागरण अभियानका मधेसप्रदेस संयोजक प्रकाश चौधरी, प्रवक्ता तथा पत्रकार सिकिन्द्र कुशवाहा, बारा जिल्ला संयोजक कंचन पासवान, प्रेम चौधरी, मुजाहिर मियाँ, श्रीचन चौधरी, सिमा गौतम तिमिल्सिना, शान्ति कुशवार लगायतका घाइते समेत रहेका उनीहरू पक्राउ परेका छन् । तर, जिल्ला प्रहरीले आफूहरू चार जना मात्र पक्राउ गरेको दावी गरेको छ ।
साझा जागरण अभियानले घट्नाको घोर भत्सना गरि प्रेस विज्ञप्ति समेत निकालेको छ । उक्त प्रेस विज्ञप्ति मार्फत दमनमा संलग्न प्रहरीहरुको कार्वाही, घाइतेहरुको उपचार तथा पक्राउ परेका हरुलाई अविलम्ब रिहाइको माग समेत गरिएको छ ।
साझा जागरण अभियानका ७ जना आन्दोलनकारीहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्रदेश संयोजक प्रकाश चौधरी, प्रवक्ता सिकिन्द्र कुशवाहा, बारा जिल्ला संयोजक कंचन पासवान, प्रेम चौधरी, श्रीचा चौधरी, मुजाबिर मिँया, सिमा गौतम तिमल्सिना र शान्ति कुशवार छन् ।
सरकारको हदबन्दी तथा सार्वजनिक ४० विगहा जग्गा रोपाइँ गर्न हजारौंको संख्यामा पुगेका जागरणका अभियानीहरुलाई प्रहरीले कुटपिट गर्दा २ दर्जनभन्दा बढी घाइते भएका छन् ।