औरही गाउँपालिका‌मा अख्तियारको छापा !


सिरहा । सिरहाको औरही गाउपालिका‌ भ्रष्टाचारको अखाडा बनेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निगरानी बढाएको छ ।

औरही गाउँपालिका‌ अध्यक्ष शिवजी यादवले कर्मचारीसंग सेटिंग गरेर कैयौं विकास निर्माणको काम र खरिदमा भ्रष्टाचार गरेका हुन् । सो विषयमा उजुरी परेपछि अख्तियार बर्दिवासको टोली निगरानी बढाएको बुझिएको छ ।

स्रोतका अनुसार अख्तियार टोलीले उजुरी सम्बन्धमा छानविन गर्न आवश्यक कागजात मागेको थियो । तर कागजात पठाउन अटेर गरेपछि अख्तियारका कर्मचारी आफै आएका छन् ।

सिरहाका स्थानीय तहमध्ये सबभन्दा बढी औरही गाउँपालिका‌कै अनियमितता सम्बन्धी उजुरी अख्तियारमा परेको छ ‌। आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा औरही गाउँपालिकाले गरेको कयौं संकास्पद कामकार्वाही र अनियमितता विरुद्ध अख्तियारमा उजुरीको चाङ नै लागेका छन् ।

गाउँपालिका अध्यक्ष यादव नै भ्रष्टाचारमा डुबेको आरोप लागेपछि उनी आवद्ध पार्टी जसपा नेपालले पनि छानविन अगाडी बढाएको छ।

प्रकाशित : २०८१ श्रावण २१, सोमबार १७:२२

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ