ढाका । बंगलादेशको सर्वोच्च अदालत बार एसोसिएसन ९एससीबीए०का अध्यक्ष एम महबुब उद्धिन खोकोनले पूर्वप्रधानमन्त्री शेख हसिना बाजेद र उनकी बहिनी शेख रेहनालाई पक्राउ गरेर फिर्ता पठाउन भारतलाई आग्रह गरेका छन् ।
उनले हसिनाले बंगलादेशमा धेरै मानिसको हत्या गरेको स्मरण गराएका छन् । बंगलादेशको पत्रिका डेली स्टारले जनाएअनुसार उनले एक वक्तव्य जारी गरी आफूहरूले भारतीय जनतासँग राम्रो सम्बन्ध कायम राख्न चाहेको पनि बताएका छन् ।
बंगलादेश नेशनलिस्ट पार्टी (बीएनपी)का संयुक्त महासचिव पनि रहेका खोकोनले बंगलादेशी अधिकारीहरूलाई देशमा संकटकाल नलगाउन आग्रह समेत गरेका छन् ।
उनले राजनीति र भ्रष्टाचारमा संलग्न भएका सर्वोच्च अदालतका न्यायाधीशहरूलाई एक हप्ताभित्र राजीनामा दिन पनि आग्रह गरेका छन् । एजेन्सी