सरकारले खुलायो जग्गा कित्ताकाट


काठमाडौं । सरकारले जग्गा कित्ताकाट खुलाएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जग्गा वर्गीकरणका लागि आगामी असार मसान्तसम्मको समय थप गर्दै कित्ताकाट खोल्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले जानकारी दिए ।

यसका लागि सरकारले भू–उपयोग नियमावली, २०८० संशोधन गरेको छ । यसअघि जग्गा वर्गीकरण नहुँदा कित्ताकाट रोकिएको थियो ।

देशभरका ७५३ पालिकामध्ये १३३ पालिकाले मात्रै हालसम्म पूर्ण जग्गा वर्गीकरण गरेको नापी विभागले जनाएको छ ।

पालिकाहरूले जग्गा वर्गीकरण नगर्दा भदौयता जग्गा वर्गीकरण हुन बाँकी पालिकामा कित्ताकाट रोकिएको थियो । तर, सरकारले जग्गा वर्गीकरणका लागि समय थप गर्दै कित्ताकाट खुलाएको हो ।

प्रकाशित : २०८१ भाद्र २६, बुधबार ०७:४५

तपाई आफ्नो धारणा लेख्नुहोस् !


ताजा अपडेट


ट्रेन्डिङ