काठमाडौं । नेपाल सरकारका सहसचिव मदन भुजेल मधेस प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कायममुकायम प्रमुख सचिवमा मुकरर भएका छन् ।
मन्त्रिपरिषद्को पुस २६ गते बसेको बैठकले उनलाई प्रमुख सचिवमा मुकरर गर्ने निर्णय गरेको हो। प्रमुख सचिव निजामती सेवाको विशिष्ट श्रेणीको कर्मचारी रहने पद हो ।
भुजेल यसअघि कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सहसचिव थिए। यसअघि उनले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीका रूपमा पनि जिम्मेवारी सम्हालेका छन् ।