काठमाडौं । बजारमा खाना पकाउने ग्यासको अभाव हुन थालेपछि सरकारले ठोस कदम चाल्ने भएको छ ।
ग्यास उद्योगीका माग सम्बोधनका लागि आज वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको मातहतमा बैठक बस्दैछ । ग्यास उद्योगीसँग छलफल गरी उद्योगीहरुका जायज मागलाई सम्बोधन गरिने सरकारले जनाएको छ ।
यसैबीच सरकारले कसैले ग्यास लुकाएर अभाव सिर्जना गरे कारवाही गर्ने चेतावनी दिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले ग्यास लुकाएर अभाव देखाए ग्यास जफत गर्ने चेतावनी दिएको हो ।
ग्यास उद्योगीहरूले गत साता पत्रकार सम्मेलन मार्फत १९ बुँदे मागसहित ग्यास आयात तथा बिक्री रोक्ने चेतावनी दिएको थियो । यसपछि बजारमा ग्यास अभाव भएको गुनासो आउन थालेको हो ।